icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

साउन १७ गते अड्गुरी समाज रूपन्देहीद्वारा तीज मिलन कार्यक्रम भव्य रूपमा आयोजना हुने !

Workplace

रुपन्देही। “आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ” भन्ने भाव बोकेको अड्गुरी समाज रूपन्देहीले सधैंझैं यस वर्ष पनि साउन १७ गते शनिबार एक भव्य र सांस्कृतिक वातावरणमा तीज मिलन कार्यक्रम आयोजना गर्ने तयारी पूरा गरेको छ।

 

कार्यक्रम बिहान ११ बजे, रूपन्देहीको बुटवल–११, देवीनगरस्थित भूपू सैनिक सभा हलमा आयोजना हुने भएको छ।

साविक अड्गुरी गाविस (हाल पाणिनी गाउँपालिका वडा नं-७ ), अर्घाखाँची जिल्लामा जन्मिएर हाल रूपन्देहीमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका विभिन्न पेशा, व्यवसाय र सेवामा आबद्ध सम्पूर्ण बुबा–आमा, दाजु–भाइ तथा दिदी–बहिनीहरूको उत्सवमय उपस्थितिमा कार्यक्रम सम्पन्न हुने अड्गुरी समाजले जनाएको छ।

 

पूर्व वर्षहरूमा जस्तै, यस वर्षको तीज मिलन कार्यक्रम पनि सांस्कृतिक प्रस्तुति, तीज विशेष नाच–गान, परम्परागत पोशाकको झल्को, सामूहिक भेटघाट, तथा शुभकामना आदान–प्रदानले भरिपूर्ण हुने समाजका सदस्य सूर्यप्रसाद पौडेलले बताउनुभयो।

हाम्रो समाजबाट विभिन्न शिलशिलामा छरिएर बस्नुभएका आफन्तजनलाई एउटै थलोमा एकजुट गराउने माध्यमको रूपमा तीज मिलन कार्यक्रम स्थापित हुँदै गएको तथा यसले हाम्रो पहिचान जगेर्ना र सामाजिक सम्बन्ध सुदृढ गर्न ठूलो भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक नारायण प्रसाद घिमिरेले बताउनुभयो। उहाँले सबैलाई उपस्थित भई कार्यक्रमलाई थप गरिमामय बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?