नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न भारतले दियो अनुमति

काठमाडौ –  भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको हो ।

Workplace

भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति दिएको छ।

भारत सरकारले ३० सेप्टेम्बर २०२६ सम्म चिनी निर्यातका लागि अनुमति दिएको हो। उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिने छ।

चाडपर्वका बेला नेपालमा चिनीको हाहाकार हुँदै आएको छ। चाडपर्वमा चिनीको कमी हुन नदिन भारतले चिनी निर्यात गर्न अनुमति दिएको बताइएको छ।

नेपालमा चिनी उत्पादन भए पनि त्यसले माग धान्न सकेको छैन। नेपालमा उत्पादन हुने चिनीभन्दा दोब्बर माग रहेको विज्ञहरू बताउँछन्। नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन खपत हुँदा करिब डेढ लाख मेट्रिक टन उत्पादन मात्रै नेपालमा हुँदै आएको छ।

नेपालमा माग धान्न सक्ने उत्पादन नहुँदा चाडपर्वका बेला चिनीको हाहाकार हुँदै आएको छ। भारत सरकारले दसैं-तिहार जस्ता चाडपर्वमा चिनीको कमी हुन नदिन उक्त निर्णय लिएको जानकारी दिएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?