काठमाडौं उपत्यकासहित देशभरका विद्यालयहरू नियमित सञ्चालन हुने

काठमाडौं, – काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानहरूमा Gen-Z समूहद्वारा आयोजित आन्दोलनका कारण असामान्य परिस्थितिबाट शैक्षिक क्षेत्र प्रभावित भएको भन्दै शैक्षिक संघ–संस्थाहरूले ध्यानाकर्षण गराएका छन्।

Workplace

संयुक्त विज्ञप्ति जारी गर्दै निजी तथा सामुदायिक विद्यालयका छाता सङ्गठनहरूले आन्दोलनका कारण पठन–पाठन प्रभावित भएपछि अबदेखि विद्यालयहरू नियमित सञ्चालन गर्ने निर्णय गरेका छन्।

विज्ञप्तिमा निकाल्दै , “देशको शिक्षा प्रणालीलाई अविरल, व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी हामी सबैमा हुन्छ। विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शैक्षिक समुदायको सामूहिक चासो र भविष्यलाई ध्यानमा राखी असामान्य परिस्थितिबाट अवरुद्ध पठन–पाठनलाई मिति २०८२ भदौ २९ गतेदेखि नियमित सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

साथै, विद्यालय सञ्चालक समितिले विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूलाई आफ्नो–आफ्नो शैक्षिक गतिविधि सहज रुपमा अघि बढाउन आह्वान गरेको छ।

विज्ञप्ति प्यासन, नेसनल प्यारेन्ट्स फेडरेसन र हिसानका अध्यक्षहरूले संयुक्त रूपमा जारी गरेका हुन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?