एसजीए माभेरिक्समाथि एपीएस युनाइटेडको शानदार जित, शंकर चापागाईं बने म्यान अफ द म्याच

समाचार सारांश
Auto Generated by AI
  • डीसीसी प्रिमियर लिगमा एसजीए माभेरिक्सलाई ९ विकेटले पराजित गर्दै एपीएस युनाइटेड विजयी भएको छ।
  • एसजीए माभेरिक्सले दिएको १०९ रनको लक्ष्य एपीएस युनाइटेडले मात्र ८ ओभरमा पूरा गरेको छ।
  • विस्फोटक ५१ रन बनाएका एपीएसका शंकर चापागाईं खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित “सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२” अन्तर्गत आज मिति २०८३ साल जेठ १२ गते मंगलबार सम्पन्न खेलमा एपीएस युनाइटेडले एसजीए माभेरिक्सलाई ९ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

Workplace

एक्सपर्ट एजुकेशनको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताअन्तर्गत भएको खेलमा पहिले ब्याटिङ गरेको एसजीए माभेरिक्सले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। टोलीका लागि शुभम पौडेलले उत्कृष्ट ४९ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली मध्यम स्कोरमा सीमित हुन पुगेको थियो।

- Advertisement -Workplace

१०९ रनको लक्ष्य पछ्याएको एपीएस युनाइटेडले सुरुदेखि नै आक्रामक ब्याटिङ प्रदर्शन गर्दै मात्र ८ ओभरमा १ विकेट गुमाएर ११४ रन बनाउँदै शानदार ९ विकेटको जित हात पारेको हो।

एपीएस युनाइटेडका लागि शंकर चापागाईंले विस्फोटक ब्याटिङ गर्दै अविजित ५१ रन बनाए। उनले २२ बलमा आकर्षक इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोर्‍याएका थिए। त्यस्तै प्रवात न्यौपानेले २६ रन तथा सञ्जय हरि बरालले २८ रनको महत्वपूर्ण योगदान दिएका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका शंकर चापागाईं “म्यान अफ द म्याच” घोषित भएका छन्। उनको आक्रामक ब्याटिङ नै एपीएस युनाइटेडको जितको मुख्य आधार बनेको थियो।

डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गतका खेलहरू देवीनगर रंगशाला मिनी ग्राउण्डमा सञ्चालन भइरहेका छन्। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउनुका साथै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको आयोजकले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?