दुईदशकी पदयात्री दुर्गालाई सम्मान

रतन रावल मुगु,- जिल्लाको छायाँनाथ रारा नगरपालिकाले विगत दुईदशक देखि पर्यटन क्षेत्रमा सक्रिय जिल्लाकी एकजना साहासिक पदयात्री उद्यमी चेलीलाई सम्मान गरेको छ।

Workplace

छायाँनाथ रारा नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरि महिला प्रर्यटन उद्यमी दुर्गा लक्ष्मी रावलले अन्तर जिल्लामा रहि पर्यटन क्षेत्रमा विगतको लामो समय देखि उद्यमी र पदयात्री भई युवायुवतीलाई रोजगार दिएको भनि नगरपालिकाले उहाँलाई उत्कृष्ट सम्मान गरेको हो।

दुर्गमकी पर्यटन उद्यमी संस्थापक एवम् पदयात्री  चेली दुर्गा लक्ष्मी रावलले अन्तर जिल्ला पोखरामा दुर्गा फिमेल ट्रेक नेपाल संस्था बाट युवायुवतीलाई रोजगार एवम् पर्यटन प्रवर्द्धन तथा विकासमा सक्रिय भई लागिपरेको हुनाले उहाँलाई उत्कृष्ट सम्मान गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो। जब महिला अगाडि बढ्छन्, तब अर्थतन्त्र फस्टाउँछ र समुदाय सशक्त बन्छ,’ नगर प्रमुख भामले भन्नुभयो , ‘त्यसैले महिलालाई केवल समावेश मात्र गर्ने होइन, नेपालको दिगो पर्यटन विकासको यात्रामा अग्रणी बनाउन हामी सबैले मिलेर काम गर्नुपर्ने भामले बताउनुभयो।

पर्यटकीय सम्भावनाको खोजी र प्रवर्धनमा विगत दुई दशक अघिदेखि उहाँ निरन्तर रुपमा क्रियाशील हुनुहुन्छ उहाँ जस्तो साहासिक महिलालाई थप हौसला प्रदान गर्ने उदेश्यले उहाँलाई उत्कृष्ट सम्मान गरिएको नगर प्रमुख भामले भन्नुभयो।

पर्यटन उद्यमी एवम् पदयात्री दुर्गालक्ष्मी रावलले कर्णाली हाम्रो जस्तो निर्यात कम भएको र बाहिरी मुलुकबाट साना-साना आवश्यकताका चिजहरू पनि आयात गर्नुपर्ने मुलुकले आफ्नो अर्थतन्त्रलाई समानान्तर हिसाबले चलाउन पर्यटन उद्योगलाई जोड दिनु प्रने धारणा समेत राखनु भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?