काठमाडौ – गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा कास्की, गोरखा, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, पर्वत, गुल्मी, दैलेख, डडेलधुरा, कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ ।
हिजो सुर्खेतमा निकै ठूलो पानी परेको थियो । सुर्खेतमा २४ घण्टामा दुई ४५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार हिजो र अस्तिको तुलनामा आज पानी कम पर्ने छ ।
बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगका थोरै ठाउँहरु र बाँकी तराईका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
