५० लाख रुपैयाँभन्दा बढी रकमसहित काठमाडौंको होटेलबाट युवकयुवती पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा एक नेपाली महिला र एक माल्दिभ्सका नागरिक रहेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँसहित विदेशी मुद्रा पनि बरामद गरेको छ।

काठमाडौं । ५० लाख रुपैयाँभन्दा बढी रकमसहित काठमाडौंको एक होटेलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार (मंसिर ९) दिउँसो करिब १ बजे ठमेलस्थित स्नोलाइन होटेलबाट स्रोत नखुलेको उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Workplace

पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगिथ इब्राहिम छन् । ५० लाख ५० हजार नेपाली रुपैयाँ, ओमान रियाल चार हजार २१५ र अरब दिराम ५५ सहित उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।

- Advertisement -Workplace

उक्त होटेलमा स्रोत नखुलेको अवैध रकम लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरको टोली पुगेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?