मुगुको खत्याडमा आगलागी हुँदा अन्नपात र लत्ताकपडा जलेर नष्ट

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिका ५ लमेरमा अम्मर बुढाको घरमा आगलागी भएको छ।
  • आगलागीबाट घरभित्रका अन्नपात र लत्ताकपडा जले पनि मानवीय क्षति भएको छैन।
  • स्थानीयले आगो निभाएका छन् र थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।

रतन बहादुर रावल मुगु, मंसिर १० मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। खत्याड गाउँपालिका वडा नं ५ लमेर गाउँम तारापानी बस्ने अन्दाजी ३७ वर्षीय अम्मर बुढाको घरमा मंसिर ९ गते साँझ करिब ५:२५ बजे अचानक आगलागी भएको हो।
स्थानि बासि सुमन बुढा ले बताए।

Workplace

ढुङ्गा माटोले बनेको र टिनले छाएको तीन तले घरको माथिल्लो तलाबाट आगो सल्किएको थियो। आगलागीबाट उक्त कोठामा रहेका अन्नपात र लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनामा मानवीय तथा चौपायाको भने कुनै क्षति नभएको वडाध्यक्ष चित्र बहादुर बुढाले जानकारी दिनुभयो।

- Advertisement -Workplace

स्थानीय बासिन्दाको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। घटनास्थल प्रहरी चौकी श्रीकोटरोलबाट करिब तीन घण्टाको पैदल दूरीमा (दक्षिणतर्फ) रहेको र रातको समय भएकाले हिजो प्रहरी टोली पुग्न नसकेको प्रहरी नायक उपनिरीक्षक रविराज थपलिया ले बताए।

घटनाको विस्तृत विवरण बुझ्न तथा मुचुल्का उठाउन आज मंसिर १० गते बिहान ७:०० बजे प्रहरी चौकी श्रीकोटरोलबाट प्रहरी हवल्दार सङ्क लाल गिरीको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण आउन बाँकी छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?