गैडहवा गाउँपालिकामा बड्की आईतबार पर्वको अवसरमा स्थानीय विदा

Workplace

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकाले भदौ १५ गते आईतबारका दिन बड्की आईतबार पर्वको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूमा विदा रहने उल्लेख गरिएको छ।

यस अवसरमा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले बड्की आईतबार पर्वले सामाजिक सद्भाव, मेलमिलाप र एकताको सन्देश दिने बताउँदै सम्पूर्ण स्थानीयवासीमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस पर्वले गाउँपालिकाभित्रको सामाजिक एकता झनै प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बड्की आईतबार पर्वको महत्वबारे बताउँदै यसले सहकार्य, सद्भाव र साझा सांस्कृतिक पहिचानलाई मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस पर्वले समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै सम्पूर्ण स्थानीयवासीलाई सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभयो।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?