आज मिति २०८२ भदौ ६ गते शुक्रबार आजको राशीफल

मेष : बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला ।

Workplace

 

बृष : टाढिएका आफन्तसँग पुनर्मिलन हुने दिन छ । नोकरीतर्फ हुनेहरूका लागि समय शुभदायक रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ ।

मीथुन : मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व बहनमा आजको समय बित्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्ने सम्भावना छ ।

कर्कट : नियमित काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ, विशेष सतर्क रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तपाईंका कमजोरीको अरुले फाइदा उठाउन सक्छन् ।

सिंह : आजको दिन समाजसेवा र परोपकारका कार्यमा मन जानेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । धैर्य राख्न नसक्दा हातमा आएका अवसर गुम्न सक्छन् ।

कन्या : विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सचेत रहनुहोला ।

तुला : सहयोगीको राम्रो साथ पाइनेछ । तर, महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ ।

बृश्चिक : अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिनेछ ।

धनु : मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, सावधन रहनुहोला । लगानी वा खर्च वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर : दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । यात्रा सुखद रहला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आयबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कुम्भ : कृषिकर्म तथा पशु व्यवसायबाट राम्रो फाइदा हुने समय छ । स्थायी सम्पत्ति आर्जन होला । बाहिरी यात्रामा भने कष्ट हुने देखिन्छ । साझेदारीमा विवादको योग छ ।

मिन : निजी व्यवसाय तथा कृषिकर्ममा परिश्रमको तुलनामा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको मुगम कार्मारोङ ले छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्दै

छुटाउनुभयो कि ?