दिनेश खत्री – भारत र चीनले मिलेमतो गरेर नेपाली भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने घोषणा गर्नु नेपाल र नेपालीहरूमाथि गरिएको ठाडो अपमान हो।

नेपाललाई नसोधी, जबर्जस्ती हाम्रो भूमि प्रयोग गर्ने कदमलाई नेपाली जनता कहिल्यै स्वीकार गर्दैनन्।
हाम्रो भूमि, हाम्रो अधिकार ! यो अधिकारमा आँच आउँदा चुपचाप बस्ने दिनहरू सकिएका छन्।
नेपाल सानो छ, तर कमजोर छैन। हामी हाम्रो भूमि बचाउन सक्दो बल प्रयोग गर्न सक्छौं र गर्नेछौं। भारत–चीनले यसरी नेपाललाई थिचेर, नेपाली जनताको भावना मिचेर आफ्नो स्वार्थ पुरा गर्न खोजेको हो भने, त्यसको परिणाम उनीहरूकै लागि विनाशकारी हुने छ।
नेपाली भूमि कसैलाई उपहार दिन सकिँदैन, कसैलाई बेच्न सकिँदैन !
भारत र चीन लाई सम्झनैपर्छ— नेपालीहरूको आक्रोश ज्वालामुखी हो। यसलाई थिचेर राख्न सकिँदैन। कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो स्वाभिमान हो। यसलाई खोस्ने हरेक प्रयासविरुद्ध नेपाली जनता सडकमा उत्रिनेछन्, गर्जिनेछन्, र प्रतिकार गर्नेछन्।
नेपाली जनता दबिने होइनन्, उठ्नेछन्। उठ्दा बलियो भएर उठ्नेछन्।
अब नेपाललाई कमजोर ठान्ने भूल नगर्न भारत र चीनलाई खबरदारी
हाम्रो भूमि, हाम्रो अधिकार !
