बानियाँ बागमती कांग्रेस संसदीय दल नेतामा निर्वाचित, मुख्यमन्त्री लामा पराजित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यसमेत रहेका बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई पराजित गर्दै जित निकालेका हुन्।

Workplace

३७ सदस्यीय दलमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत पाए। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। बदर भएको मतमा सांसदले स्वस्तिक छाप लगाउनु पर्नेमा नाम नै लेखेपछि विवाद भएको थियो।

- Advertisement -Workplace

नेपाल खोजखबर लाई प्राप्त जानकारी  दिएअनुसार बानियाँ संसदीय दल नेतामा विजयी भएका बानिया निकट एक नेताले भने।

यसअघि २०७९ सालको मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि १३ पुसमा पहिलो पटक दल नेताको निर्वाचन भएको थियो। त्यसबेला पनि बानियाँ र लामा प्रतिस्पर्धामा उत्रिएका थिए। दुबै जना निर्माण व्यवसायी पृष्ठभूमिका नेताहरू हुन् र सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

तर अघिल्लो पटक सभापति देउवाको समर्थन नपाएपछि बानियाँले नेता शेखर कोइराला र महामन्त्री गगन थापाको पक्ष लिँदै चुनाव लडेका थिए। सो चुनावमा बानियाँले १६ मत मात्रै पाएका थिए भने लामाले २१ मत ल्याउँदै दल नेता बनेका थिए।

साढे दुई वर्षको अन्तरालमा बानियाँले समर्थन बढाउँदै पुनः उम्मेदवारी दिए र मतपलट गर्दै जित हात पारेका हुन्। यससँगै बानियाँले बागमती कांग्रेस संसदीय दलको नेतृत्व सम्हाल्ने भएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?