नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, पानीको फोहोरा प्रयोग

काठमाडौं,  । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि आन्दोलनरत शिक्षकहरूले आइतबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

Workplace

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराका अनुसार, आन्दोलनकारीहरूले प्रहरीले राखेको ब्यारिकेड तोड्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो। “प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्,” एसपी बोहोराले सञ्चारकर्मीसँग बताएका छन्।

- Advertisement -Workplace

सरकारसँग बार्ता सफल नभएपछि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई अझ चर्काउने रणनीति बनाएको थियो। आज बिहान ११ः०० बजेदेखि शिक्षकहरू नयाँ बानेश्वर–माइतीघर सडक खण्डमा धर्ना बसेका थिए। निषेधित क्षेत्रमा प्रवेश प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको हो।

शिक्षक महासंघका नेताहरूले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने, शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दबाब दिन आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि माग सम्बोधन नभए थप कडा संघर्ष गर्ने बताएका छ्न।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?