पोखरामा स्रोत नखुलेको ७५ लाखभन्दा बढी रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। कास्की प्रहरीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका–१० बिरौटाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Workplace

शंकास्पद रूपमा विदेशी मुद्रा सटही भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको हो।

- Advertisement -Workplace

प्रहरीका अनुसार महुमुद्दिन रुपन्देही र पोखरामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् भने उनी अवैध रूपमा विदेशी मुद्रा सटही गर्ने कारोबारमा संलग्न रहेको बताइएको छ।

त्यस्तै, बुढाथोकी पोखरा–६ बैदामस्थित ‘हिलारी मनी चेन्जर’का सञ्चालक हुन्। उनले विगत २० वर्षदेखि लेकसाइड क्षेत्रमा मनी चेन्जर सञ्चालन गर्दै आएका थिए। पौडेल भने ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन् र उनले विगत १४ वर्षदेखि मनी एक्सचेन्जको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७ सय रुपैयाँ नेपाली, १९ हजार ६ सय अमेरिकी डलर र ३ हजार २ सय युरो फेला परेको छ। हालको विनिमय दरअनुसार कुल बरामद रकम करिब ७५ लाख ९६ हजार ९ सय रुपैयाँ रहेको छ।

तीनै जनालाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम विदेशी मुद्रा सटहीको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाको विस्तृत जानकारी सार्वजनिक गरेको हो।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?