थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कविहीन

रोल्पा– रोल्पाको थबाङ गाउँपालिकाले आफ्ना सात जना कर्मचारीहरू असार २४ गते बिहानदेखि सम्पर्कविहीन रहेका जनाएको छ।

Workplace

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि असार २४ गते बेलुका ९ बजे पालिकाका प्रमुख प्रशासकीय अधिकृत OTP कोड प्राप्त गर्न रुकुम पूर्व गएको र त्यसपछि कार्यालयसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

गाउँपालिकाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी असार २४ गते बिहान ७ बजेदेखि सम्पर्कमा नरहेको र खोजी गर्दा रुकुम पूर्वमासमेत नभेटिएको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको हुँदा कार्यपालिकाको कामकाजमा समस्या भएको छ। यथासिघ्र सम्पर्कमा आउनुहुन र जानकारी पाउनु भएका महानुभावहरूले यस पालिकालाई जानकारी गराउनहुन अनुरोध गर्दछौं।”

सम्पर्कविहीन कर्मचारीहरूका नामावली:

१. हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत २. हरिश माझी – सहायक प्रशासन पाँचौँ ३. यज्ञ प्रसाद कँडेल – सब-लेखापाल ४. चन्द्र प्रकाश ओली – सब-इन्जिनियर ५. निशा आचार्य – सब-इन्जिनियर ६. शिव कुमार वली – खा.पा.स.टे ७. प्रदिप के.सी. – सवारी चालक

गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित व्यक्तिहरूले शीघ्र सम्पर्क गर्न र आम सर्वसाधारणलाई जानकारी भएमा पालिकालाई सूचित गर्न अनुरोध समेत गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?