स्वदेशी काठमै समृद्धि सम्भव : लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार

लुम्बिनी  २५ असार — लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले विदेशी काठको आयात तत्काल रोक्नुपर्ने र नेपाली काठको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्। अर्घाखाँचीको शितगङ्गा–११ स्थित गैडे सामुदायिक वनको निरीक्षणपछि बिरपुरमा आयोजित स्वागत समारोहमा बोल्दै मन्त्री कलवारले वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै स्वदेशी काठलाई प्राथमिकता दिने स्पष्ट नीति ल्याइने जानकारी दिएका छ्न।

Workplace

उनले भने, “नेपालको काठ जंगलमै कुहिरहेको छ, तर हामी विदेशी काठ किन्न बाध्य छौं। यसले वर्षेनी अर्बौं रुपैयाँ बाहिरिन्छ। अब समय आएको छ – स्वदेशी काठलाई रोज्ने।”

- Advertisement -Workplace

मन्त्रीका अनुसार नेपालजस्तो ४५ प्रतिशतभन्दा बढी वनक्षेत्र भएको देशले ६ वर्षमा ३८ अर्बभन्दा बढीको काठ आयात गरिसकेको तथ्य चिन्ताजनक छ। उनले नेपाली काठ गुणस्तरीय र मूल्यवान भएको दाबी गर्दै बजारमा ल्याउन सके मूल्य घट्ने बताएका थिए ।

कार्यक्रममा डिभिजन बन कार्यालय प्रमुख मोहन प्रसाद श्रेष्ठ, वन महानिर्देशक प्रभात सापकोटा, भू–जलाधार कार्यालय प्रमुख सम्भु झा, वरिष्ठ अधिकृत उमेश शाह, चन्द्र बहादुर भाट, सहायक अधिकृत केसव खड्का लगायत बनकर्मी, उपभोक्ता र पत्रकार महासंघका पदाधिकारीको उपस्थिति रहेको थियो।

गैडे सामुदायिक वनले उपभोक्ताको लगानीबाट गरेको विकासकार्यप्रति मन्त्री कलवारले प्रसंसा गर्दै यसलाई अरूका लागि उदाहरणीय बताएका थिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?