आज मिति २०८२ पुस १ गते मंगलबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

बृष : विभिन्न सहयोग र उपहार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ । आयआर्जन पनि राम्रै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन : विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

कर्कट : प्रतिस्पर्धीहरू हाबी हुनेछन् । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ।

सिंह : आफन्त तथा अग्रजहरू सँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

कन्या : धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

तुला : नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

वृश्चिक : नयाँ कामको प्रस्ताव आउनेछ ,मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। स्वस्थ्यमा समस्या आउन सक्छ । प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।

धनु : फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । आत्मीयजनबाट धोका पाइनेछ ।

मकर : नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । तारिफयोग्य काम गर्दै नाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ : अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । शारीरिक कमजोरीले चिन्ता बढाउनेछ l स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

मीन : श्रमको उचित मूल्य पाइनेछ। टाढाबाट नगद प्राप्त हुनेछ । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?