एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुख व्यक्त

काठमाडौ – नेपालले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गहिरो दुख व्यक्त गरेको छ ।

Workplace


परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भारत सरकार र मित्रवत जनता र यस दुर्भाग्यपूर्ण घटनामा आफ्ना प्रियजन गुमाउने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले यस गहिरो दुःखको समयमा, नेपाल सरकार र जनता भारत सरकार र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?