मेगा राइनोजको दबदबा : जेके वारियर्स १० विकेटले पराजित

बुटवल, जेष्ठ ९ – लायन्स क्लब अफ बुटवल इलाइटको सहयोगमा सञ्चालित SGA DCC प्रिमियर लिग २०८२ अन्तर्गत आज भएको लिगको छैठौ खेलमा मेगा राइनोजले जेके वारियर्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

Workplace

बुटवल देवीनगरस्थित देवीनगर क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जेके वारियर्सले निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। जेकेका कप्तान जनक न्यौपानेले आक्रामक शैलीमा २३ बलमा ३२ रन बनाए भने कमल रायमाझीले १४ रनको योगदान दिए।

मेगा राइनोजका बलरहरू प्रभावशाली देखिए। विशेषतः बालकृष्ण र निर्मल ज्ञवालीले घातक बलिङ गर्दै समान ३–३ विकेट लिएर जेकेको ब्याटिङ लाइन धराशायी बनाएका थिए।

८७ रनको लक्ष्य लिएर मैदान उत्रेको मेगा राइनोजले ९.५ ओभरमै बिना विकेटको क्षति लक्ष्य भेट्टाउँदै सानदार जित हासिल गर्‍यो। ओपनर निर्मल ज्ञवालीले २८ बलमा ४७ रनको विस्फोटक पारी खेले भने अर्का ओपनर अङ्गत बस्यालले २३ बलमा ३० रन बनाएर जित सहज बनाए।

दुई छेउबाट सशक्त प्रदर्शन गरेका निर्मल ज्ञवाली ‘म्यान अफ द म्याच’ घोषित भए।

भोलि शनिबार दुई खेल हुने SGA DCC प्रिमियर लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरू आयोजना हुने खेल संयोजक अनिल पाण्डेले जानकारी दिएका छन्। प्रतियोगिता बुटवल क्षेत्रका युवाबीच खेलकुदको प्रवर्द्धन र मैत्रीपूर्ण सम्वन्ध विस्तार गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?