धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप : ६ जना प्रहरी घा´इते

काठमाडौ -धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

Workplace

 

- Advertisement -Workplace

गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले एउटा मोटरसाइकल फेला पारेको थियो ।

नजिकै रहेको टहरोमा पनि खोजतलास गर्ने क्रममा अन्दाजी झन्डै डेढ सय जना तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिनुभयो ।

सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र चार राउण्ड हवाई फायर समेत गरेको थियो । घाइतेमध्ये तीन जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?