२६ फाल्गुन २०८२, मंगलबार

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप : ६ जना प्रहरी घा´इते

काठमाडौ -धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

Workplace

 

गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले एउटा मोटरसाइकल फेला पारेको थियो ।

नजिकै रहेको टहरोमा पनि खोजतलास गर्ने क्रममा अन्दाजी झन्डै डेढ सय जना तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिनुभयो ।

सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र चार राउण्ड हवाई फायर समेत गरेको थियो । घाइतेमध्ये तीन जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?