नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ

‎अनिल नेपाली 

Workplace

नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

- Advertisement -Workplace

पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई भेटी ज्ञापनपत्र बुझाएको हाे  ज्ञापनपत्रमा एकीकृत समाजवादीले अपमानपूर्ण इतिहास बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको उल्लेख गदै आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ।

पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रस्ताव अगाडि सारेको अध्यक्ष राम बहादुर चाैहान बताउनुभएको छ अध्यक्ष चाैहानले एकीकृत समाजवादीले बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैरआवासीय नेपालीलगायतका शिर्षकमा विभिन्न माग राखिएको छ।

एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ भने शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पार्टीले उठाएका समय सबद्व भएकोले यिनी मागलाई जस्ताजस्तै पठाउने प्रतिवद्वता जनाउनु भएको थियोे ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष नारायण शर्मा , युवराज पाैडेल सचिव हृदय कुमार भुसाल लगायतका नेता कार्यकर्ताकाे सहभागीता रहेको थियोे

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?