पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृ`त्यु  दुई जना घा`इते

काठमाडौ – पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु  दुई जना घाइते भएका छन् ।

Workplace

राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची सडकमा भएको दुर्घटनामा एउटै गाउँका तीन जनाको मृत्यु  भएको छ ।

दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भयको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?