रुपन्देहीको तिलोत्तमामा कपडा बैंक स्थापना, AIG कार्की द्धारा उद्धघाटन

खिम खड्का
११ वैशाख बुटवल । Cloth and Food Bank Nepal ले रुपन्देही को तिलोत्तमा मा रहेको आफ्नै कार्यालयको परिषर भित्र कपडा बैङ्कको स्थापना गरेको छ । कपडा बैंकको आज एक आर्यक्रमको बिच नेपाल प्रहरीका AIG दान बहादुर कार्कीले शुभारम्भ गरेका हुन ।

Workplace

Cloth and Food Bank Nepal द्धारा सञ्चालित कपडा बैङ्कको उद्धघाटन गर्दै AIG कार्कीले सामाजिक सेवाको भाव सहित हुनेले दिने र नहुनेले लिने महान उदेश्यको साथ नागरिक तहवाट सुरु गरिएको यो अभियान अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले यो अभियानमा नेतृत्व गर्ने कमल जि सी सहित आवद्ध सबैलाइ धन्यवाद व्यक्त गर्दै सबैलाइ यो कार्यमा निस्वार्थ तवरले लाग्न आग्रह समेत गर्नुभयो ।

Cloth and Food Bank Nepal का संस्थापक तथा अध्यक्ष कमल जिसीले कपडा बैङ्कको स्थापना गर्नुको उदेश्य र कार्यक्रमको बारेमा AIG दान बहादुर कार्की सहित उपस्थित सबै सामु धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकै बिचमा कपडा बैङ्कका अध्यक्ष कमल जि सि ले भर्खर मात्रै DIG बाट AIG मा पदोन्नति हुनुभएका दान बहादुर कार्कीलाई सम्मान सहित बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

२०८० फागुन ५ गते बुटवलबाट सुरु भएको कपडा बैंक अभियानले “आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही कपडा विहीन नरहून्” भन्ने उद्देश्य लिएको छ ।

बाढी, पहिरो र आगलागीजस्ता विपद्मा सहयोग पुर्‍याउँदै आएको कपडा बैंकले सामाजिक सहयोग र सहानुभूति प्राप्त गर्नुका साथै फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्र निर्माणमा योगदान र संसाधनको सही उपयोगमा पनि टेवा पुर्‍याइरहेको अध्यक्ष जिसीले बताए । प्रयोगमा नआएका सामग्री पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरूलाई निःशुल्क वितरण गर्ने लक्ष्यसहित बैंक सञ्चालन गरिएको हो ।

कपडा बैंक सञ्चालनको अवधि १० वर्षका लागि तोकिएको छ । पाँच देखि सात सय किलो कपडा राख्न मिल्ने बक्सहरू राखिने छन् । बैंकले कपडा संकलन, सर्टिङ, वासिङ, सेनिटाइजिङ, प्याकेजिङ र वितरण जस्ता कार्य गर्नेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?