एकैदिन साढे ७ हजारले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

काठमाडौं,  नेपाली सुन बजारमा बुधबार ठूलो गिरावट देखिएको छ। मंगलबार ऐतिहासिक रूपमा तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको सुनको भाउ आज एकैदिन साढे ७ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको हो।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ७ हजार ५ सय रुपैयाँले घटेको छ। यो हालसम्मको एकैदिनको ठूलो गिरावटमध्ये पर्न आउँछ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?