भारतमा ‘अर्घाखाँची सम्पर्क समिति भारत ‘ गठनको तयारी , प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षा

नयाँ दिल्ली – भारतमा ‘अर्घाखाँची सम्पर्क समिति भारत ‘ गठनको तयारी तीव्र, प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षासहित भारतमा छरिएर रहेका अर्घाखाँचीबासीहरूलाई एउटै संस्थागत चौतारीमा जोड्ने उद्देश्यसहित ‘अर्घाखाँची सम्पर्क समिति, भारत’ गठनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ। प्रवासी जीवनका विविध पाटाहरूमा सहयोग, समन्वय र सामूहिक पहिचानका लागि यस्तो समितिको खाँचो महसुस गरिएको हो।

Workplace

यतिबेला परामर्श र छलफलहरूमा विभिन्न पेशा, स्थान र उमेर समूहमा आबद्ध अर्घाखाँचीबासीहरूको उत्साहजनक सहभागिता रहँदै आएको छ। उनीहरूले संस्थागत रूपमा संगठित भई आपसी सहयोग, सूचना आदानप्रदान, सांस्कृतिक संरक्षण तथा भावी पुस्तालाई मौलिक थलो र पहिचानसँग जोड्न आवश्यक भएको धारणा सबैले व्यक्त गरेका छन।

- Advertisement -Workplace

संस्थाको प्रारम्भिक पहल समाजसेवी तथा व्यवसायी दीपक जिसीले अघि सारेका हुन्। उनले भारतका विभिन्न शहरहरूमा व्यावसाय, रोजगारी, अध्ययन र अन्य कारणले बसोबास गरिरहेका अर्घाखाँचीबासीहरूबीच आत्मीयता, सहकार्य र पहिचानको सेतुको रूपमा समितिको गठन अपरिहार्य रहेको र यस्को आवश्यकता रहेको दिपक जिसि लगायत जिल्लाबासीले बताएका छन्।

छलफलका क्रममा आएका सुझाव र सल्लाहहरूलाई समेट्दै समितिको अवधारणा कागजात र कार्ययोजना तयार पार्ने काम समेत अघि बढाइएको छ। आपतकालीन अवस्था, कानुनी तथा प्रशासनिक समस्याहरूमा सहयोग, चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना, र युवा पुस्तालाई भाषा-संस्कृति शिक्षामा जोड्ने जस्ता बहुउद्देश्यीय लक्ष्यहरू समितिले समेट्ने बताइएको छ ।

यसैबीच, अन्य नेपाली संघ–संस्थाहरू, दूतावास तथा स्थानीय प्रशासनहरूसँग समन्वय विस्तार गर्ने तयारी समेत थालिएको छ। संस्थाको औपचारिक संरचना निर्माणका लागि प्रारम्भिक सदस्यहरूको चयन प्रक्रिया, कार्य विभाजन तथा नीतिगत दस्तावेज निर्माणमा समेत छलफल भइरहेको छ ।

समितिको भावी यात्रा र उद्देश्यलाई थप प्रभावकारी बनाउन सबै क्षेत्र, व्यवसाय र उमेर समूहका अर्घाखाँचीबासीहरूलाई समेट्ने प्रयास भइरहेको छ। यसले न केवल अर्घाखाँची समुदायको प्रवासमा एकताको सन्देश दिनेछ, बरु सम्पूर्ण नेपाली प्रवासी समुदायलाई पनि प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको कृष्ण शर्माले बताएका छ्न ।

अर्घाखाँचीबासी समाजसेवी एवं कानुन ब्याबसाय  नारायण अधिकारीले भनेका छन्, “हामी समाजको हितमा एकताबद्ध भई दीर्घकालीन र दिगो विकासका योजनाहरू साकार पार्न प्रतिबद्ध रहेको बताएका छ्न । जिल्लाबासिको आगामी दिनहरूमा पनि सबैको सकारात्मक सोच, अमूल्य सुझाव र सक्रिय सहभागिता प्राप्त हुने विश्वास लिएको बताएका छ्न ।”

यसै सन्दर्भमा पत्रकार तथा समाजसेवी अर्जुन थापाले भनछ्न , “अर्घाखाँचीवासी सम्पूर्ण नेपाली समाजको समुन्नतिको यात्रामा सबै मिलेर अगाडि बढ्न आवश्यक छ। यतिबेला सबैसँग सहकार्य तीव्र रूपमा अघि बढाइएको छ, र यो संस्था सबैको साझा थलो बन्ने लक्ष्यसहित अघि बढाइएको हो।” यसमा सबै अर्घाखाँचीबासिको साथ सयोग रहने अपेक्षा लिएको थापाले बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?