युवा उत्सवमा सहभागी हुन अर्घाखाँचीका २ सय ५० युवा काठमाडौं जाने

अनिल नेपाली अर्घाखाँची

Workplace

अर्घाखाँची – नेकपा एमालेद्वारा काठमाडौंमा आयोजना हुने युवा उत्सवमा अर्घाखाँची बाट करिब २ सय ५० युवाको सहभागिता रहने भएको छ ।

लोकतान्त्रिक गणतन्त्रको बीजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुन लागेको उत्सवमा जिल्लाका प्रत्येक वडा बाट कम्तिमा ३ जनाको सहभागिता सुनिश्चित हुनेगरी करीब २ सय ५० जना काठमाडौं जाने तयारी भएको एमालेले जनाएको छ ।

यसैबीच नेकपा एमाले जिल्ला सचिवालयको बैठक आज जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले बैशाख ११ गते काठमाडौंमा हुने युवा उत्सवमा जिल्लाको सहभागिता बारे ठोस योजना निर्माण गरेको छ । साथै बैठकले बैशाख-९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अबसर पारी सन्धिखर्कमा बिचार गोष्ठी संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीले संचालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ बारे समिक्षा गर्नुका साथै पार्टी सदस्यता नविकरण र बिस्तारको कामलाई थप तिब्र बनाउने, जनताको चाहना र स्थानीय आवश्यकताको आधारमा वडा तहदेखि नै विकासका योजना छनौट गरी पठाउन आग्रह गर्ने लगायत पार्टी जिवनमा प्रभाव पार्ने विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको नेकपा एमालेका कार्यालय सचिव लिला बरालले जानकारी दिनुभयो । साथै बैठकले पार्टीका नेता , शैक्षिक तथा सामाजिक व्यक्तित्व सन्धिखर्क -२ शंखेटारी निवासी कृष्णप्रसाद पोख्रेलको निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै , दिवंगत नेता पोख्रेल प्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

बैठक नेकपा एमाले केन्न्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख अतिथ्यता,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता, उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी बिधानको संचालनमा सम्पन्न भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?