दिल्लीमा गुञ्जियो नेपाल: व्यापार, पर्यटन र संस्कृतिको त्रिदिवसीय महोत्सव भव्य रूपमा सम्पन्न”

नयाँ दिल्ली,-  भारत-नेपाल बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक, सांस्कृतिक र पर्यटन सहकार्यमार्फत थप बलियो बनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल फेस्टिवल इंडिया २०२५’ अप्रिल ११ देखि १३ सम्म भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावास प्रांगणमा अत्यन्तै भव्यताका साथ सम्पन्न भएको छ। आयोजक एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज  र नेपाल राजदूतावास, नयाँ दिल्लीको संयुक्त प्रयासमा सम्पन्न यस त्रिदिवसीय महोत्सवमा करिब ७–८ हजार दर्शक, व्यापारी, उद्योगपति, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो।

Workplace

उद्घाटनमै हावाहुरीको चुनौती, दिए पनि उत्साह र व्यवस्थापनले पार गर्‍यो परीक्षा 

अप्रिल ११ का दिन उद्घाटन समारोहको ठीक पूर्व अप्रत्याशित रूपमा आएको हावाहुरीले कार्यक्रमस्थलमा केही क्षति पुर्‍याएको थियो। विशेषगरी केही स्टलहरू क्षतिग्रस्त बनेका थिए र उद्घाटन समारोह केही समयका लागि अवरुद्ध हुन पुगेको थियो। तथापि, आयोजक समितिको तदारुकता र व्यावसायिक व्यवस्थापनले कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउन सफल भयो। उद्घाटन सत्र निर्धारित समयमै सम्पन्न गर्दै महोत्सवले सुरुवातमै आफ्नो सफलताको संकेत दिएको थियो।

उद्घाटन समारोहमा भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्री माननीय गजेन्द्र सिंह शेखावत र नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री माननीय अजयकुमार चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। दुबै मन्त्रीद्वयलाई नेपालका भारतस्थित राजदूत महामहिम डा. शंकर प्रसाद शर्मा, उपमिशन प्रमुख डा. सुरेन्द्र थापा, तथा राजदूतावासका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो।

सहभागिताको बहुरंगी स्वरूप: व्यवसायदेखि संस्कृतिसम्म

भारत-नेपाल व्यापार, पर्यटन र संस्कृतिको सुदृढीकरण’ भन्ने मूल नाराका साथ आयोजित फेस्टिवलमा नेपाल तथा भारतका विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्यमी, लगानीकर्ता, कलाकार र सञ्चारकर्मीहरूको भव्य उपस्थिति रहेको थियो ।

प्रदर्शनी क्षेत्रमा ७५ भन्दा बढी स्टलहरू स्थापना गरिएको थियो, जसमा पर्यटन, हस्तकला, आयुर्वेद, शिक्षा, सूचना प्रविधि, कृषि, गार्मेन्ट्स र वेलनेसका सामग्री तथा सेवाहरू प्रस्तुत गरिएका थिए। फेस्टिवल अवधिभर दैनिक सांस्कृतिक कार्यक्रम, नेपाली परिकार मेला, योग तथा ध्यान सत्र, B2B र B2G नेटवर्किङ बैठकहरू समेत आयोजना गरिएका थिए ।

प्रमुख सत्रहरूमध्ये “उदीयमान व्यापार र लगानी सम्भावना” सत्रको अध्यक्षता उपमिशन प्रमुख डा. सुरेन्द्र थापाले गर्नुभएको थियो। यस्तै “द्विपक्षीय व्यापार र वाणिज्य प्रवर्द्धन”, “भारत-नेपाल सम्बन्धमा सिनेमा र सॉफ्ट पावर” र “दिगो पर्यटन प्रवर्द्धन” जस्ता सत्रहरूमा नेपाल र भारतका विशेषज्ञ, नीतिनिर्माता र व्यवसायीहरूको उल्लेखनीय सहभागिता थियो।

संस्थागत एकताको उदाहरणीय प्रदर्शन

महोत्सवको सफल आयोजनमा एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज का अध्यक्ष युवराज बरालको नेतृत्वमा सदस्यहरूको सक्रिय भूमिका रह्यो। त्यस्तै, हाम्रो स्वाभिमान ट्रस्ट, हरिद्वार, मित्र मञ्च मानव कल्याण (भारत), प्रवासी नेपाली संघ भारत, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली सम्पर्क मञ्च भारत, मूल प्रवाह अखिल, भारत नेपाली एकता समाज, गुरुङ सेवा समिति (रजि) दिल्ली, जनहित संस्कृति परिवार, अखिल भारत नेपाली एकता मञ्च, प्रवासी नेपाली हेल्प मिसन, नेपाल भारत मानव कल्याण, श्री पशुपतिनाथ सोसाइटी, आया नगर, नेपाली संस्कृति परिषद, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, गोरखा वेलफेयर एसोसिएशन, पर्वत समाज, सुदुर पश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति, कानुंग लंघाली मगर समाज दिल्ली, प्रवासी नेपाली प्रेरणा समिति, नयाँ दिल्ली, प्रवास नेपाली जनकल्याण समिति, श्री पशुपतिनाथ वेलफेयर सेवा समिति, दिल्ली शेर्पा कल्याण संघ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली महिला विभाग लगायतका संस्थाहरूको सशक्त सहभागिता रहेको थियो।

समापन समारोह र आगामी प्रतिबद्धता

फेस्टिवलको समापन समारोह महामहिम डा. शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भयो। मुख्य अतिथिको रूपमा भारतका सांसद श्री राजु बिष्टा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ECCI अध्यक्ष युवराज बरालले समस्त अतिथि, सहभागी, प्रायोजक तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मान प्रदान गर्नुभएको थियो ।

ECCI का महासचिव तथा योग गुरु डा. मोहन कार्कीले फेस्टिवलको व्यवस्थापनमा सक्रिय रूपमा समन्वय गर्नुका साथै समापन सत्रमा विशेष धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा पल्लिकोटे नौमतीबाजा र समापन समारोहमा  सांस्कृतिक कार्यक्रमले सबैको मन चितेको थियो र धेरै जाना नेपाली गित संगीत र पन्चेबाजामा  खुसिले रमाइलो गरेको दृश्य  देखन सकिन्थ्यो ।

नेपाल-भारत मित्रतालाई जनस्तरमा गहिरो बनाउँदै, आर्थिक, पर्यटन र सांस्कृतिक सहकार्यलाई सशक्त पार्न महत्वपूर्ण योगदान दिएको ‘नेपाल फेस्टिवल इंडिया २०२५’ ले भविष्यमा यस्ता बहुआयामिक उत्सवहरूलाई अझ व्यापक बनाउन प्रेरणा दिएको आयोजक समितिले बताएको छ । हावाहुरीको क्षणिक अवरोधलाई समेत उत्साह र समर्पणले जित्दै महोत्सवलाई भव्य सफलतासाथ सम्पन्न गर्नु आयोजक समितिको अद्वितीय उपलब्धि हो। आयोजकले २०२६ मा अझ भव्य संस्करण ल्याउने र यश कार्यक्रममा भएका स-साना गल्ती बाट आफूहरुलाइ आगमी दिनको लागि पाठ सिकाएको आयोजकले बताएको छ l

तस्बिर सहित

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?