
मेष : दिन राम्रो छ । योजना सफल बन्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ ।
वृष : तपाईंमाथि आज राज्यको निगरानी रहनेछ । स्वास्थ्यमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । काम गर्दा धैर्य बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा महत्त्वपूर्ण जिम्मेवारीको सम्भावना छ । परिवारमा संकट आइपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।
कर्कट : दिन सामान्य छ । साथीले असहयोग गर्ने छन् । स्वास्थ्यमा समस्या हुनेछ । शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल भने प्राप्त हुनेछ ।
सिंह : बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ । साना कुराले झन्झट आइपर्नेछन् । रोगको प्रकोप बढ्नेछ । आफन्तको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।
कन्या : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । परिवारमा तीर्थ यात्राको तय हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । राजनीतिक क्षेत्रमा भने विवाद र झगडा बढ्नेछ ।
तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ, सहयोग र सुझाव प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : अनावश्यक खर्च बढ्ने दिन छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा भने लाभ हुनेछ । विपक्षी भनेका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन् । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।
धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । इज्जत जोगाउने कुरामा संकट आइपर्ने खतरा छ । स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुनेछ । विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर देखेर उत्साह बढ्नेछ।
मकर : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यका तर्फबाट त्रास बढ्नेछ । शान्त भएर अगाडि बढ्नुपर्नेछ । परिवारलाई समय दिन नसक्दा समस्या हुने खतरा छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ । परिवारमा बोझ बढ्नेछ । मनमा अनावश्यक चिन्ता बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ ।
मीन : मध्य साढेसातीका दशाले मनमा चिन्ता थपिनेछन् । स्वास्थ्यमा ख्याल नगर्दा संकट बढ्नेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
