धनकुटा, – धनकुटा नगरपालिका–६ गोलाइ नजिक आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृ*त्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस बिहान १०:१० बजे ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा परी भोजपुर घर भई हाल धनकुटा बस्दै आएकी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे उपचारका क्रममा मृ*त्यु भएको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।
घटनामा १४ जना घाइते भएका छन्, जसमा सुर्यमणी तामाङ (२० वर्ष) र अनमोल तामाङ षडानन्द नगरपालिका–१३, भोजपुरका, कृष्ण राउत (४८ वर्ष) बराहक्षेत्र नगरपालिका–२, सुनसरीका, रुद्र तामाङ (५१ वर्ष, बस चालक) धरान उपमहानगर–१३, सुनसरीका, गंगा प्रसाद सापकोटा (८० वर्ष) पौवादुम्बा गाउँपालिका–३, भोजपुरका, सविना बराइली (२४ वर्ष) र देवी विक (६० वर्ष) भोजपुर नगरपालिका–११ की, हंश बहादुर राई (६० वर्ष) र दिर्घ माया राई (६० वर्ष) साँगुरीगढी गाउँपालिका–६, धनकुटाका, पुर्ण माया तामाङ (५१ वर्ष) षडानन्द नगरपालिका–११, भोजपुरकी, आयुष राई (१७ वर्ष) इटहरी उपमहानगर–४, सुनसरीका, धन कुमार विक (३४ वर्ष) धनकुटा नगरपालिका–६ का र लिला बहादुर श्रेष्ठ (५८ वर्ष) भोजपुर नगरपालिका–११ का रहेका छन्। घाइतेमध्ये रुद्र तामाङ, गंगा प्रसाद सापकोटा, हंश बहादुर राई र लिला बहादुर श्रेष्ठको अवस्था गम्भीर रहेकाले उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।बताइएको छ।
