रुपन्देही सैनामैनामा फोहोर व्यवस्थापन केन्द्र निर्माणको बाटो खुल्यो

रुपन्देही सैनामैना, – नेपाल सरकारले सैनामैना नगरपालिका, रुपन्देहीको वडा नं. १० स्थित राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो, जसले बर्षौदेखि भोगाधिकार अभावमा रोकिएको फोहोर व्यवस्थापनको काम अघि बढाउने बाटो मन्त्रीपरिषद बैठकले खुल्ला गरेको छ

Workplace

सैनामैना नगरपालिकाका  प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीको कार्यकालमै अघि बढेको यो आयोजना भोगाधिकार नपाएकै कारण अलपत्र परेको थियो। पछिल्लो पटक नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उप प्रमुख बिना राना  र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको पहलमा सरकारलाई आग्रह गरिएको थियो, जसअनुसार मन्त्रिपरिषद्ले वन क्षेत्रको उक्त जग्गा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको छ।

यस निर्णयसँगै बुटवल, सैनामैना, गैडहवा र कञ्चन गाउँपालिकाको फोहोर सैनामैना-१०, एकला पहाडमा निर्माण हुने व्यवस्थापन केन्द्रमा संकलन तथा प्रशोधन गर्न सकिनेछ। यो परियोजनाले फोहोर व्यवस्थापनको पुरानो समस्यालाई हल गर्दै नगरलाई स्वच्छ, हरियाली र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ साथै यो कार्यनयन र निर्माण हुन कति समय लाग्ने भने बिसयमा चाहिँ जनमानसले चासोको बिसयमा हेरेको देखन सकिन्छ ।

नेपाल सरकारले लिएको यस निर्णयले सैनामैना नगर र आसपासका क्षेत्रको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान ल्याउने विश्वास गर्न सकिन्छ  । यो परियोजना सफल कार्यान्वयन भएमा फोहोर व्यवस्थापनको दृष्टिले सैनामैनाको लागि उत्कृष्ट कार्या हुने आकलन गर्न सकिन्छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?