मेयर डान्स आइडल सिजन–२’ को उपाधि विशेष्ता मल्ललाई।

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा छायाँनाथ रारा नगरपालिकाको सहयोगमा मेयर डान्स आइडल सिजन–२ भव्यताका साथ सम्पन्न भएको छ।
  • प्रतियोगितामा विशेषता मल्ल प्रथम, विशाल बुढा द्वितीय र प्रियंका रावत तृतीय भएका छन्।
  • नगरपालिकाले युवा प्रतिभा प्रस्फुटन गर्न यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

रतन बहादुर रावल-मुगु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मुगुको आयोजना तथा छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ‘मेयर डान्स आइडल सिजन–२’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विशेष्ता मल्ल प्रथम हुन सफल भएकी छिन्। त्यसैगरी विशाल बुढा द्वितीय र प्रियंका रावत तृतीय भएका छन्।
गत कार्तिक १५, २१ र २८ गते गरी तीन चरणमा सञ्चालन भएको उक्त नृत्य प्रतियोगिताको पहिलो अडिसनमा २२ जना र दोस्रो अडिसनमा १५ जना प्रतिस्पर्धी सहभागी रहेको प्रतिष्ठानका अध्यक्ष सम्भव सुनारले बताए। तीमध्येबाट छनोट भएका उत्कृष्ट ८ जना प्रतिस्पर्धीहरूबीच अन्तिम फाइनल प्रतिस्पर्धा गराइएको थियो। विजयी प्रथम, रु ३३ हजार ३.३३ हजार द्वितीय २.२ हजार २२२ र तृतीय ११,१.११ प्रतिस्पर्धीहरूलाई पुरस्कार प्रदान गरिएको छ।छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम प्रमुख अतिथि तथा उप-प्रमुख ऐश्वर्या मल्ल ठकुरी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा तिनै तहका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र बाक्लो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा सम्भव सुनार, सुमित्रा रावल र सविना भाम रहनुभएको थियो। कार्यक्रमका अवसरमा प्रतिष्ठानका तर्फबाट विभिन्न व्यक्तिहरूलाई सम्मान तथा प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले युवाहरूलाई लक्षित गरी उनीहरूभित्र लुकेर रहेको प्रतिभा, सीप र कलाको प्रस्फुटन गराउने उद्देश्यले यस्ता रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ। आगामी नयाँ वर्षमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने नगरपालिका ले जनाएको छ। छायाँनाथ नगरपालिकाको आर्थिक सहयोगमा मेयरका फुटबल प्रतियोगिता पनि यतिखेर मुगु जिल्लामा भइरहेको छ।

Workplace

विजेता प्रतिस्पर्धीहरूले आफूमा भएको कलालाई बाहिर ल्याउन नगरपालिकाले महत्त्वपूर्ण माध्यम प्रदान गरेको भन्दै हार्दिक आभार प्रकट गरेका छन्। यस्तै, आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूमा नगरपालिकाको निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?