
- दाङमा सवारी दुर्घटना कम गर्न चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
- इलाका प्रहरी र ट्राफिक प्रहरीको आयोजनामा १८० जनाले स्वास्थ्य जाँच गराएका छन्।
- शिविरमा आँखा, मधुमेह र रक्तचाप लगायतका परीक्षण गर्दा सबैको एचआईभी रिपोर्ट नेगेटिभ आएको छ।
काठमाडौ -दाङमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

इलाका प्रहरी कार्यालय सिसहनिया र ट्राफिक प्रहरी कार्यालय लमहीको आयोजनामा राप्ती गाउँपालिका-८ मा शनिबार बिहान सञ्चालन गरिएको शिविरमा १८० जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा रक्तचाप, मधुमेह, शरीरको उचाइ र तौलका आधारमा बीएमआई, एचआईभी, आँखाको रङ छुट्याउने क्षमता (कलर भिजन) लगायतका परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ७९ जनाको एचआईभी परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख तीर्थराज भुसालले जानकारी दिए।
