“अर्घाखाँचीमा एमालेप्रतिको  बढदो जनलहर “काशिराम घिमिरे

अर्घाखाँची  — यसपटकको निर्वाचनमा देधभर एमाले प्रतिको जनलहर जति बढदो छ अर्घाखाँची झनै तिब्र देखिन्छ।२०५६सालको प्रतिनिधि सभा निर्वाचन देखि अर्घाखाँचीमा आफ्नो पहिलो जित निकालेको नेकपा एमाले त्यसपछि हरेक निर्वाचनमा निरन्तर रुपमा आफ्नो जित स्थापित गर्दै आएको छ।अर्घाखाँचीको समाज प्रती निष्ठावान रुपमा मन मस्तिष्क मुटुमा बस्न सफल हो एमाले त्यहाँको गाउँ परिवेश  रिति रिवाज धर्म सँस्कृती सँग भिजेको पार्टी हो एमाले ।

Workplace

अर्घाखाँचीमा जतिपनी आज बिकाश निर्माण भएका छ्न ती सबै बिकाश निर्माणको स्वामित्वश्रेयता  एमालेमै जान्छ।हरेक जनताको शुख दुखमा कामलाग्ने पार्टीहो एमाले ।अर्घाखाँची भएका बिकाश अन्तर्गत  सडक, बाटो, घाटो, कृषि, बीउ, मल खात ,स्वास्थ्य ,शिक्षा  ,पर्यटन देखि हरेक बिकाश निर्माण एमालेको नेतृत्वमा भएको हो।एमाले बालबालिका देखि युवा बृद्धअबश्था का हरेक नागरिकको पार्टीहो त्यसैले अर्घाखाँची जिल्लामा एमालेको छाप योगदान हरु धेरै छ।

हरेक निर्वाचनमा  जिल्लामा जन्मिए पनि कर्मथलो अन्यत्र बनाएका उम्मेद्बार  निर्वाचनमा उठाउने एमाले पार्टीले यसपटक भने जिल्लाकै एमाले अध्यक्षलाई अर्घाखाँची बाट उम्मेद्बार बनाएको छ। जसका सफल नायक हुनुहुन्छ पिताम्बर भुसाल।उहाँ अर्घाखाँचीको समाज बुझेका, रितिरिवाज धर्म सँस्कृती देखि हरेक जनताको पिर मर्का बुझ्न सक्ने ब्यक्ती हुनुहुन्छ ।हरेक निर्वाचन धेरै  उम्मेद्बार लाई सफल बनाउने एउटा योद्धा नायक सफल ब्यक्ति नेतृत्व कर्ता, कर्तव्यबोध,  निर्वाह गर्न सक्ने क्षमता शिल ब्यक्ति उहाँ भनेर समग्र अर्घाखाँची बाशीले चिनेको पाइन्छ।

शुखी नेपाली ,समृद्ध नेपालको ,नारा लिइ जनता माझ प्रस्तुत हुनुभएका उहाँको अर्घाखाँचीमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, उद्योग धन्दाको बिकाश गरि रोजगारी सिर्जना गर्ने ,बिदेश गएका दाजुभाइ लाई जिल्लामा नै रोजगारी सृजना गर्ने ।पर्यटनको  बिकाश धर्म सँस्कृतिको बिकाश, पुल ,बाटो, घाटोको बिकाश किशानलाइ उन्नत  बीउ मलको ब्यबस्था ।सुबिधाजन्य अस्पतालको निर्माण  र नौमुरे जलविद्युत आयोजना अगाडि बढाइ जनताको स्तर बढाउने सम्मको   समृद्ध अर्घाखाँची  बनाउने उहाँको विशेष खाका छ।

त्यसमाथी एमालेको बाचापत्र अनुसार जेन्जिलाइ प्रत्येक महिना दस जिवि डाटा फ्री ।उधमी लाई दस हजार डर्लर कार्ड । वैदेशिक रोजगारीमा गएका लाई पाँच हजार खातामा डिपोजिट ।विद्यार्थी लाई बीस लाख सम्मको निरब्याजी ऋण।सबै बिद्यालयका किशोरी लाई  निसुल्क प्याड । श्रमिकको न्युनतम ज्याला २५हजार ।शिक्षकको मर्यादा र सामाजिक सुरक्षा । स्वास्थ स्वयं सेविका लाई २०हजार सम्म भत्ता।महिला उद्यमिलाइ बीस लाख सम्म ऋण।२५हजार सम्मको ऋण मिनाहा।सुरक्षा कर्मिको सम्मान र कल्याण जस्ता पार्टीले लिएको  बाचापत्र अझ ससक्त देखिन्छन् ।

यतिबेला अर्घाखाँचीको घरदैलो सभा सम्मेलन  गर्दा देखिएको त्यो उत्साह  माहोला जनताप्रतिको सहयोग,  हौसला  हेर्दा, अन्य प्रतिस्पर्धी भन्दा पिताम्वर भुसाल निकै लोकप्रिय रहेको उहाँकै पक्षमा  जनलहर सिर्जना भएको समग्र अर्घाखाँचीले उहाँलाई नै रोजेको र आगामी भरोसा उहाँ प्रती उच्च रहेको पाइन्छ।

अब निष्कर्स रुपमा भन्दा आगामी फागुन -२१मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा सम्रग अर्घाखाँची बाशी बुवाआमा,  दाजुभाइ, दिदिबहिनी हरु, त्यहाँका सचेत मतदाता, बुद्धिजीवी बर्ग , अर्घाखाँचीलाई आत्मदेखी माया गर्ने बिद्धान हरु, सँस्कृती बिद ,लेखक, उद्योगि ब्यबसायी, मजदुर , किसान हरु, समग्र अर्घाखाँचीका शिक्षित बर्गहरु ,सबैको आशा भरोसा को केन्द्र उहाँ माथी देखिन्छ।

यो त्यसै देखिएको होइन ।उहाँ बिगतमा देखाउनु भएको काम निष्ठा  प्रतिज्ञा  उहाँमा भएको असल छवीको मुल्यांकन गर्दै देखीएको हो।यसपटक बिगत भन्दा फराकिलो मतान्तरका साथ उहाँ  बिजय हुने प्राय निश्चित देखिन्छ। आगामी  फागुन २१गतेसुनौलो  दिन रहेको र   शुभदिनमा अर्घाखाँची  बासीले उहाँलाई आफ्नो अमुल्य मतदान गरि समृद्ध अर्घाखाँचको भविस्य  राम्रो देख्न चाहेको पाइन्छ। सबैले हाम्रो जिल्लाका सफल ब्यक्ती इमानदारी छवि बोकेका ब्यक्ती नेताको जित सुनिश्चितगर्न लागौं ।

एमाले उमेदवार पिताम्बर भुसाल ।👇️

लेखक काशीराम घिमिरे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?