
समाचार सारांश
Auto Generated by AI
- मुगु जिल्ला अस्पतालमा फोहोरको वर्गीकरण गरी व्यवस्थापन गरिएकाले सरसफाइमा निकै सुधार आएको छ।
- अस्पतालको सेवा गुणस्तरीय बनाउन र स्वास्थ्य समस्या समाधान गर्न सरोकारवाला निकायबीच बृहत् अन्तरक्रिया गरिएको छ।
- पोषण, लागुऔषध दुर्व्यसन र नसर्ने रोगको रोकथामका लागि जनचेतना र समन्वयमा जोड दिइएको छ।
रतन बहादुर रावल मुगु- जिल्ला अस्पताल मुगुमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाइएसँगै सरसफाइमा उल्लेख्य सुधार आएको छ। अस्पतालबाट दैनिक निस्कने विभिन्न प्रकारका फोहोरलाई कुहिने, नकुहिने, सिसा र प्लास्टिक गरी छुट्टाछुट्टै वर्गीकरण गरेर व्यवस्थापन गर्न थालेपछि अस्पताल परिसर सफा र सुन्दर देखिन थालेको हो।
यसैबीच, जिल्लाको समग्र स्वास्थ्य अवस्थाको सुधार, अस्पतालको सेवा प्रवाह र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालयमा सरोकारवालाबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा व्यवस्थापक डा. दीपेन्द्रजङ्ग शाहीले अस्पतालको फोहोर व्यवस्थापन र सरसफाइमा सुधार हुँदै गएको जानकारी दिँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। अस्पताल परिसर सफा राख्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। डा. शाहीले जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव र अक्सिजन प्लान्ट सञ्चालन जस्ता चुनौतीका बीच बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विषय महत्त्वपूर्ण रहेको औंल्याउनुभयो। पछिल्लो समय एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स)

स्वास्थ्य क्षेत्रको ठूलो चुनौतीका रूपमा देखिएकाले औषधिको उचित प्रयोग र जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने विषयमा समेत उहाँले जोड दिनुभयो।
अन्तरक्रियामा लागुऔषध दुर्व्यसन, सर्ने तथा नसर्ने रोग, बालबालिकाको पोषण अवस्था, किशोरीलाई फोलिक एसिड खुवाउने कार्यक्रम, गर्भवती महिलाको स्वास्थ्य परीक्षण र अस्पतालमा आउने बिरामीप्रति गरिने व्यवहारलगायतका बहुआयामिक विषयमा छलफल भएको थियो।
छलफलका क्रममा सहभागीहरूले बालबालिकामा देखिने कुपोषण न्यूनीकरण गर्न सन्तुलित आहारमा जोड दिनुपर्ने, गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनुपर्ने तथा १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई फोलिक एसिड खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
त्यस्तै, लागुऔषध दुर्व्यसनका कारण बढ्न सक्ने आत्महत्याको जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालयहरूमा स्वास्थ्य परीक्षण तथा साना स्वास्थ्य शिविरहरू आयोजना गर्नुपर्ने र योगाभ्यासमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुपर्ने विषयमा समेत सहभागीहरूले जोड दिएका थिए।
जिल्ला अस्पतालको सरसफाइलाई नियमित र प्रभावकारी बनाउन, स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन तथा सर्ने रोगभन्दा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाल्दै जिल्लाका स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि समन्वय र सहकार्य बढाउने उद्देश्यले यो अन्तरक्रिया आयोजना गरिएको

