राष्ट्रिय जनमोर्चाको माग : गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्छ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन्।

Workplace

आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले ठूला दलहरूले प्रतिगमनको खतराबारे आफ्नो चेतावनीलाई बेवास्ता गरेको गुनासो गरेका थिए । उनले जनतामा देखिएको असन्तुष्टिको मुख्य कारण पनि ठूला भनिएका दलहरू नै भएको आरोप लगाएका थिए।

“हामीले सुरुबाटै प्रतिगमनविरुद्ध मिलेर जानुपर्ने कुरा उठाएका थियौँ, तर ठूला दलहरूले त्यसलाई सुनेनन्,” केसीले भने, “जनतामा देखिएको असन्तुष्टिको कारण पनि तपाईंहरू नै हुनुहुन्छ। गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा पूर्वराजा ज्ञानेन्द्र र उनका समर्थकहरूको गतिविधिबारे छलफल भएको थियो । शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि पहिलो पटक गणतन्त्र पक्षधर दलहरू एकै ठाउँमा भेला भएका हुन्।

बैठकपछि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सबै गणतन्त्रवादी शक्तिहरू एकताबद्ध भएर प्रतिगमनविरुद्ध लड्ने निष्कर्ष निकालिएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले बैठकको समापन गर्दै तीनकुने घटनाका लागि पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरे र सरकार यस विषयलाई गम्भीर रूपमा लिएको बताएका थिए।

बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शीर्ष नेताहरू सहभागी रहेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?