काठमाडौं – मुलुकको वर्तमान राजनीतिक अवस्था, संविधानको संरक्षण र शान्ति सुव्यवस्थाका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूबीच आज महत्त्वपूर्ण परामर्श भएको छ।

बैठकमा समावेशी गणतन्त्रको रक्षा गर्दै देशमा स्थायित्व र शान्ति कायम राख्न सबै राजनीतिक शक्ति एक भएर अघि बढ्नुपर्नेमा प्रमुख राजनीति दलका नेताहरूले जोड दिएका छन्।
सङ्क्रमणकालीन न्यायका बाँकी रहेका मुद्दाहरूलाई प्राथमिकता दिई समाधानतर्फ अघि बढ्ने विषयमा पनि नेताहरूबीच सहमति जुटेको छ। नेताहरूले विगतका सहमति र प्रतिबद्धता कार्यान्वयन गरेर न्याय र मेलमिलापको प्रक्रियालाई टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको शिर्षनेता हरुले बताएका छ्न।
पोछिल्लो राजनीति राजावादीको आन्दोलन र शिक्षक आन्दोलन लगायतका बिषयमा पनि केही सकारात्मक कुरा भएको एक नेताले नाम नखुलाउजे सर्तमा नेपाल खोजखबर लाई जानकारी गराएका छ्न ।
