सुन चाँदीको भाउ भारि गिरावट कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको छ।
  • घटेको मूल्य अनुसार सुन तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ पुगेको छ।

काठमाडौ – आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।

Workplace

आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ ।

भाउ घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
अस्ति आइतबार चाँदी तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?