icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

सुनसरीमा यात्रुबाहक बस र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु, १५ घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान करिब ९ बजे एकआपसमा ठोक्किएका हुन्।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुको परिचय तत्काल खुल्न सकेको छैन। घाइतेहरुको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक झापा जिल्ला, अर्जुनधारा नगरपालिका–१ का ३५ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सडकमा हतारमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?