काठमाडौं, – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ। उदयपुरका दिलबहादुर राईले उक्त मुद्दा दायर गरेका हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, बिहीबार दायर भएको उक्त मुद्दा न्यायाधीशको विषयमा मिडियामा दिइएको अभिव्यक्तिका कारण अदालतको अवहेलना भएको दाबी गर्दै दायर गरिएको हो।
यस मुद्दामा अदालतबाट आवश्यक कारबाही माग गरिएको छ त्रिपाठि यतिबेला चर्चामा छ्न केही दिन पोहिला उनी माथी आक्रमण समेत भएको थियो साथै उनी एक वरिष्ठ अधिवक्ता रहेको कानुनविद् बताउछन् ।
