महान चाँड बडादशै र यसको महत्व

समाचार सारांश
Auto Generated by AI
  • हिन्दूहरूको महान चाड बडादशैं सुरु भएसँगै टाढा रहेका आफन्तजन घर फर्किने र पारिवारिक जमघटमा खुसियाली साटासाट गर्ने क्रम बढेको छ।
  • असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यस पर्वमा नौ दिनसम्म नवदुर्गाको पूजा अर्चना गरी दशौं दिनमा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ।
  • दशैंलाई भड्किलो नबनाई आफ्नो आर्थिक हैसियत अनुसार परम्परा र संस्कृतिको संरक्षण गर्दै सद्भावपूर्वक मनाउनु नै यसको मुख्य उद्देश्य हुनुपर्छ।

काठमाडौ – हिन्दू हरुको महान चाँड बडादशै यतिबेला शुरु भएको छ। देशको देवि मन्दिरमापूजा साथै बाजागाजाको रमाइलो सुरुभयो सनाई ,दमाहा, झ्याली ,सनइ ,कर्नालको ताल, धुन र आवाज जताततै , सुनिदैछ।बिदेसिएका आफन्तजन घरपरिवार र आफन्त जनसंम्झी मान्यजनको हातको टीका लगाइ आशिर्वाद लिनको लागि आफ्नो जन्म ठाउँफर्किरहेका छ्न। यो सँगै हिन्दुहरुको महानचाँड बडादशै सुरुभैसकेको छ।

Workplace

हरेकचाडपर्वको मनाउने विधि परम्परा हरु हुने गर्दछ ।त्यो अन्तर्गत बडा दशैमा पनि हाम्रो संस्कृती विधि परम्परा अनुसार मनाउने गरिन्छ।दशैपर्व हिन्दुहरुको महान पर्वहो यश पर्वमा टाढा ,टाढा गएका आफन्तजन हरु दशैको अवसरपारी मान्यजनको हातको टीका लगाउन आउने गर्दछ्न।त्यसले सम्पुर्ण परिवारहरु जुटने र सँगै बसि टीकालगाइ आशिर्वाद लिने शुभकामना दिने चलन छ।जसले गर्दा पारिवारिक खुशी र रमाइलोपनि हुने गर्दछ।साथै दशैमा आउने आफन्तजनहरुले आफ्नो परिवारलाइ उपहार स्वरुप नयाँ लुगा साथै मिठा परिकार ल्याउने संघै बशी रमाइलो साथ खाने नयाँ लुगा लगाउने चलन छ ।जसले गर्दा सबैपरिवारको भेटघाट हुने हुनाले पनी परिवारमा उमङ्गको साथै खुशियाली हुने गर्दछ।

- Advertisement -Workplace

बडादशै एउटा महानचाँड हो यो दशदिन सम्म पूजा गरि बिधीअनुशार मनाउने गरिन्छ। दशै पर्व खासत त्रेयायुगका दिन श्रीरामले सिताको हरण गर्ने रावणलाई बध गरेको दिनमा यस दिनलाइ विशेष गरी मनाइन्छ ।यो भगवान् रामले रावणमाथी दशौ दिनमा परास्त गरेको हुँदापनि यसदिनलाइ बिजय प्राप्त गरेको दिनको रुपमा मनाउने गरिन्छ ।नवदुर्गाका नौ वटारुप हुन्छ्न ।ब्राहचारणी ,चन्द्रघन्टा ,शैलपुत्री , कुशमाण्डा ,स्कन्दमाता ,कात्ययनी, कालारात्री,सिद्धिदात्री, महागौरीको विशेष पूजा आरधना गरिन्छ । यशअनुसार पहिलो दिन नुहाइ लिपपोत गरिशुद्ध सफाभइविधि अनुसार माटोल्याइ माटोमा जौ मिलाइ बिजछरीशैलपुत्री देविको पूजागरी घटस्थापना गरिन्छ । भने दोस्रो दिनमा ब्रहाचारिणी देवि र तेस्रोदिन चन्द्रघन्टाको र चौथो दिनमा कृण्मान्डाको पूजा गरिन्छ।पाचौं दिनमा कात्ययनी र सातौं दिनमा पूजाकोठामा फूलपाती भित्र्याउने चलन छ।आठौं दिनमा गौरीभगवती र नबौ दिनमा शिद्दिदात्री भगवतीको पूजागर्ने चलन छ भने दशौदिन अर्थात बिजया दशमिको दिनमा शुभसाहित अनुसार शुद्धसफाभइ सम्पुर्ण पूजा सामाग्री तयारी गरी शुभ साइतमा परिवारको जेष्ठ सदस्यबाट टिकालगाइ ,जमरा लगाइ,बिधि पुर्वक श्लोक भनी वा वाचन गरि शुभ आशीर्वाद लिइने गरिन्छ ।साथै सबैलाइ प्रशाद दिने र छोरी चेली ज्वाइँ भान्जाभान्जी हरुलाइ दक्षिणा साथै पैसा दिने चलन छ।

यो पर्वमा वृद्ध तथा मान्यजनको आशीर्वाद पाउने पर्वपनि हो। जौको जमरा देविको असाध्य मनपर्ने फूल हो।साथै यसको रस सेवन गर्नाले पनि सरिरलाइ धेरै फाइदा हुने गर्दछ। विधि मनाउने तरिका एउटै भएपनी देशको कुनै ठाउँमा एकदिन दशैको दिनर कुनै ठाउँमा पूणिर्मा सम्म यो पर्वमा टीका लगाइमनाउने गरिन्छ। तर कार्यक्रम भने देशभर पुर्णिामा सम्म जारी रहन्छ। पश्चिम् भाग हरुमा विशेष गरि त्रयोदशी र पुर्णिामाको दिनमा देवि मन्दिरहरुमा दिनमा विशेष पूजा हुने गर्दछ। मक्तजनहरु टाढा- टाढा बाट दर्शन गर्न आउने गर्दछ्न। पञ्चवली सहित भकल ल्याउने गर्दछ्न।साथमा साँझपख सराँए नाँच गरि दाजुभाइ रमाइलो साथ फरि खेल्ने चलन साहै रमाइलो लाग्छ।

दशै एउटा हिन्दु सांस्कृतिक महान पर्वहो यसको मनाउने विधि तरिका छ ।खासत दशैमा शुभसाइतमा टीका लगाउनु विशेष जरुरी पनि छ। विशेष गरि सक्तिपिठ र रास्ट्रपति कार्यलय ,प्रधानमन्त्री लगायत देशको ठूलो ब्यक्ती हरुले सेना, प्रहरी कार्यलय ,हरुमा शुभ साइतमा टीका लगाउनु पर्छ जसले गर्दा ।देशमा शासन ब्यबस्था राम्रो हुने राष्ट्रिय ढुकुटी राम्रो हुने बाहिरी शक्तिले दवाउन नसक्ने र देशको भलो हुने। धार्मिक मान्यता छ।भने अन्य सर्वसाधारण जनताले सके शुभमा नसके दिनभर लगाएहुने पन्चाङ्ग समितिको भनाइ छ ।किनभने आफन्तहरु टाढा- टाढा बाट आउने र सबैलाई विशेष शुभ साइतमा संम्भव पनि हुदैन एकपटक शुभसाइतमा लगाएपछी दिनभर नै शुभ रहन्छ।

दशैपर्व महान सँंस्कृतिक चाँड भएको हुँदा टाढा -टाढाबाट आउँदा र समान किन्दा धेरै खर्चिलो पनि हुने गर्दछ।मनाउने विधि एउटै भएपनी सबैको हैसियत एकै हुदैन त्यसैले संस्कृतीलाई जोगाइ राख्ने र विधि र परम्परागत रुपमा मनाउनु पर्छ धेरै धनराशी खर्चनु भन्दा आफुलाइ सुवाउदो हौसियत अनुसार मनाउनु राम्रो हुन्छ अरुको देखासिकीमा नलागी आफ्नो विधि परम्परा र क्षमता अनुसार धन खर्च गरि सामन्यरुपमा मनाउनु राम्रो हुन्छ! ऋणमा भन्दा जे छ त्यहीँ खाइ लाई विधि मानी शुभ र सफा शुद्ध भइ मनाउदा राम्रो हुन्छ ।त्यसैले दशैलाइ एउटा महान संस्कृतिक पर्व र रमाइलो पर्वको रुपमा विधि परम्परा बाट मनाउने पर्वको रुपमा मानौं शुभसाइतमा टीका लगाइ आफन्तजनबाट मिठा शुभआशीर्वाद लियौ ठुलोको सम्मान र सानोलाइ माया गरौ हाम्रो धर्म संस्कृतीलाई माया गरौ साथै सँस्कृतिको संरक्षणगरौँ ।

काशीराम घिमिरे

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?