
समाचार सारांश
Auto Generated by AI
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुगुका सांसद खड्ग बहादुर शाही कर्णाली प्रदेश भूगोलको खुला पुरुष कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
- लामो समयदेखि पार्टीमा सक्रिय शाही यसअघि गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए।
- उनको यो ऐतिहासिक विजयसँगै मुगु कांग्रेसले केन्द्रीय तहमा बलियो उपस्थिति जनाएको छ भने स्थानीय कार्यकर्ताहरूले खुसीयाली मनाएका छन्।
रतन बहादुर रावल मुगु- नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश भूगोलतर्फको खुला पुरुष कोटाबाट मुगुका प्रभावशाली नेता एवं मुगु जिल्ला का माननीय सांसद पूर्व पार्टी सभापति खड्ग बहादुर शाही केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। हालै सम्पन्न मतगणनामा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै अत्यधिक मतका साथ विजय हासिल गरेका हुन्।
लामो समयदेखि पार्टीको शुद्धीकरण, आन्तरिक सुदृढीकरण र वैचारिक धारलाई अगाडि बढाउन अनवरत रूपमा सङ्घर्षरत शाही मुगु कांग्रेसका एक परिपक्व र निष्ठावान् नेताका रूपमा परिचित छन्। यसअघि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत उनी मुगु जिल्लाबाट अत्यधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य (माननीय)
मा निर्वाचित भएका थिए। संसदीय निर्वाचनको ऐतिहासिक जितलगत्तै पार्टीको केन्द्रीय राजनीतिमा पनि उनी लोकप्रिय मतका साथ स्थापित हुन सफल भएका हुन्।
शाहीको यो विजयसँगै नेपाली कांग्रेस मुगुले केन्द्रीय तहमा बलियो उपस्थिति जनाउँदै नयाँ इतिहास रचेको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्। यस ऐतिहासिक एवं सुनौलो अवसरमा मुगु कांग्रेसले आफूलाई अमूल्य मत दिई विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, जिल्लाका आदरणीय नेतागण, सहयोगी एवं हरपल साथ दिने शुभचिन्तकहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
पार्टी र जनस्तरमा लोकप्रिय नेता शाही केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मुगुका शुभचिन्तकहरूले खुसीयाली मनाउँदै उनलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिइरहेका छन्।

