एलन मस्कको आरोप: भारतमा स्टारलिङ्कको प्रवेश रोक्दै केही उद्योगपति

समाचार सारांश
Auto Generated by AI
  • एलन मस्कले केही उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोकेको गम्भीर आरोप लगाएका छन्।
  • उनले यो अवरोधलाई भारतका जनताविरुद्धको अपराध र एकाधिकार कायम गर्ने प्रयास भनेका छन्।
  • आवश्यक कानुनी स्वीकृति पाएलगत्तै भारतमा सेवा सुरु गर्ने स्टारलिङ्कले जनाएको छ।

अमेरिकी अर्बपति एलन मस्कले केही खास उद्योगपतिहरूले भारतमा ‘स्टारलिङ्क’ को प्रवेशलाई रोकिरहेको गम्भीर आरोप लगाएका छन्।

Workplace

मस्कले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एक पोस्टको जवाफ दिँदै लेखेका छन्, ‘दुर्भाग्यवश, भारतीय जनतामाथि आफ्नो ‘एकाधिकार’ कायम रहोस् भन्नका लागि हामीलाई केही खास उद्योगपतिहरूले रोकिरहेका छन्। उनीहरू को हुन् भनेर तपाईँ सहजै अनुमान लगाउन सक्नुहुन्छ… यो भारतका जनताविरुद्धको अपराध हो!’

- Advertisement -Workplace

सो पोस्टमा भारतमा अझै पनि ठुलो सङ्ख्यामा गाउँहरू ब्रोडब्यान्ड इन्टरनेटसँग जोडिन नसकेकाले त्यहाँ स्टारलिङ्कको आवश्यकता रहेको उल्लेख गरिएको थियो।

मस्कले बुधबार अबेर राति एक्समा अगाडि लेखेका छन्, ‘भारतमा स्टारलिङ्कले ती मानिसहरूलाई तीव्र गति र किफायती इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्नेछ, जो विद्यमान महँगो मूल्यका कारण यसको प्रयोग गर्न असमर्थ छन् वा जसको पहुँचमा इन्टरनेट कनेक्सन नै छैन।’

यसअघि बुधबार नयाँ दिल्लीमा जारी ‘इन्डिया मोबाइल कङ्ग्रेस’ का क्रममा स्टारलिङ्ककी बिजनेस अपरेसन उपाध्यक्ष लरेन ड्रेयरले स्टारलिङ्कले भारतमा २० वटा गेटवे साइटहरू पहिले नै निर्माण गरिसकेको जानकारी दिइन्। उनले भारतीय प्रयोगकर्ताहरूको डाटा देशभित्रै सुरक्षित राख्नका लागि भारतको नियम-कानुन अनुसारका सुरक्षा नियन्त्रण प्रणालीहरू पनि विकसित गरिएको बताएकी छन्।

ड्रेयरले आवश्यक सम्पूर्ण कानुनी स्वीकृतिहरू प्राप्त हुनासाथ स्टारलिङ्कले भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू “यथाशीघ्र” सुरु गर्ने अपेक्षा राखेको बताएकी छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?