रुपन्देही – करिब डेढ वर्षअघि आफ्नै सिर्जनामा कलम चलाएर तयार पारेकी कलपना अर्यालले आफ्नो कविता ‘मेरो सपना’ पहिलोपटक सार्वजनिक गरेकी छन्। राष्ट्रियता, देशप्रेम र सामाजिक परिवर्तनको संदेश बोकेको उक्त कवितामा उनले शिक्षा, भ्रष्टाचारविरुद्धको आवाज, युवा पलायनको पीडा र राष्ट्र निर्माणप्रतिको अठोटलाई अभिव्यक्त गरेकी छन्।

नेपालप्रतिको गहिरो माया व्यक्त गर्दै उनले भ्रष्टाचार र अत्याचारले देशको अवस्था बिगार्दै गएको पीडा पोखेकी छन्। युवाहरू आमाको माया छोडेर विदेशिनु र मातृभूमि निर्माणमा कमी देखिनु उनको कविताको अर्को प्रमुख भाव देखन सकिन्छ ।
यस्तो छ उनको कविता : ‘मेरो सपना’
सपनाका साङ्ला मेरा अनगिन्ती छन्
के गरेर हो खै कहिले पुरा हुने हुन् ?
डाहा गर्ने थोरै अनि साथ दिने धेरै भए
सोचेकी छु शिखर चुन्छु परिस्थिति चाहे जस्तो भए ।
शिक्षा पाउँदै छु मैले आजको दिनमा
सके त योगदान दिन्छु नसके भोलि देशलाई के दिन्छु ?
बेग्लै सोच र सपना बोकेकी छु मैले
पुरा होलान् नहोलान् तर पाइला अगाडि चाल्नै पर्यो अैले।
मेरो लागि प्राणभन्दा प्यारो छ नेपाल
मुटु नै चर्किन्छ देख्दाखेरि देशको बेहाल,
के भइरहेको छ ? कुन्नि देशमा चारैतिरबाट बिग्रिदै गयो
भ्रष्टाचार र अत्याचारले सिमा नाग्दै गयो।
आत्मा रुन्छ जब सुन्छु युवा विदेश गए
आमाको माया छोडी पराइ हुँदा खोइ के पाए ?
देश बनाउने कोही भएन सबै आफै मात्र बन्ने
पुर्खाले त देश बचाए अब कसरी हामीले बनाउने ?
वाचा गर्छु नेपाल आमा तिमीलाई
अरुको लहलैमा कहिल्यै लाग्दिन,
अरु भविष्य बनाउन पैसा टिप्न गए भन्दैमा
म पनि स्वाभिमान बेच्न जादिन।
सपना छ मेरो शिक्षक भनी विद्यार्थीलाई पढाउने
परिवर्तनको सुरुवात आफैबाट गर भनी सिकाउने,
समाज सेवामा नि लाग्ने छु राजनीतिमा पनि
राष्ट्रलाई संसारमा चिनाउनेछु गोर्खालीको सन्तान भनि।।
कलपना अर्यालद्वारा रचित यो कविता ‘मेरो सपना’ केवल व्यक्तिगत भावनाको पोखाइ मात्र नभई , यो आजको पुस्ताको मनोभावको ऐना पनि हो। यसमा स्वाभिमान, आत्मनिर्भरता र राष्ट्रप्रेमको स्वच्छ प्रतिज्ञा देखिन्छ । कविताले पाठकलाई आफ्नो जिम्मेवारी सम्झाउने मात्र होइन, मातृभूमिमा रहँदै परिवर्तनको बाटो रोज्न आह्वान गर्दछ। कलपना अर्यालको यो कलममा भविष्यको उज्यालो नक्सा समेत लुकेको देखिन्छ।

