बिहीबारदेखि आकाशमा बादल देखिने, के भन्छन: मौसमविद् विनोद पोखरेल

समाचार सारांश
Auto Generated by AI
  • आगामी दिनमा मौसममा केही परिवर्तन आए पनि डराउनुपर्ने अवस्था छैन।
  • आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।
  • बिहीबारदेखि आकाशमा बादल लाग्ने र विभिन्न प्रदेशमा हल्का वर्षा हुनसक्छ।

काठमाडौं।मौसमविद् विनोद पोखरेलले आगामी दिनमा देखिने मौसम परिवर्तनलाई लिएर धेरै डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले केही चिसो बढ्ने भए पनि आइतबारदेखि अर्को साताको अधिकांश समय मध्यपहाडी र हिमाली क्षेत्रमा मौसम बदलीसँगै वर्षा तथा हिमपातको सम्भावना रहेको बताए।

Workplace

पोखरेलका अनुसार बिहीबारदेखि नै आकाशमा बादल देखिन थाल्नेछ। नेपालमाथि माथिल्लो वायुमण्डलमा ट्रफ रहने भएकाले यस्तो मौसम देखिन लागेको उनले बताएका छन्।

- Advertisement -Workplace

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार (असोज १३ गते) दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

बुधबार (असोज १४ गते) देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बुधबार राति कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार (असोज १५ गते) कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?