icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

पुश्कल शर्माको तिज गित “श्रीमान ” सार्बजनिक भिडियो सहित

गोकर्ण पाण्डे काठमाडौं।हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक पुश्कल शर्माले ले तिज गित “श्रीमान ” सार्बजनिक गरेका छन् ।

Workplace

लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीतसंगीतको पछि हिँड्ने गायक पुश्कल शर्मालेका थुप्रै लोकदोहोरी गीत बजारमा छन् ।
पछिल्लो समय शर्माका तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै शर्माका फ्यानले तीज गीत खोज्न थाल्छन् । उसो त गायक पुश्कल शर्माले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन् अहिले पनि फ्यानको माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको शर्मा ले बताए ।

गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा पुश्कल शर्मा र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका पुर्णकला बिसि को स्वर भरिएको छ । गीतको शब्द र लय सिर्जना पुश्कल शर्मा आफैँले गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा पुश्कल शर्मा ,सवि शर्मा ,अर्जुन सापकाेटा, सारिका केसि,विक्रम बुढाथोकी अभिनय रहेको देख्न सकिन्छ। गीत पुश्कल शर्मा च्यानलबाट आज बिहान  सार्वजनिक भएको छ।

भिडियो

 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?