बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह

समाचार सारांश
Auto Generated by AI
  • बाढी प्रभावित क्षेत्रमा दूषित पानी र सरसफाइको अभावले हैजा तथा झाडापखाला जस्ता महामारी फैलिने उच्च जोखिम छ।
  • राहत सामग्रीको गुणस्तरमा ध्यान दिँदै पोषणयुक्त खानेकुराको व्यवस्था गर्न र फोहोरको उचित विसर्जन गर्न विज्ञहरूको सुझाव छ।
  • प्रभावितहरूमा देखिन सक्ने स्वास्थ्य र मानसिक समस्याको समयमै उपचार गर्न स्थानीय स्तरमै स्वास्थ्यकर्मी र औषधिको प्रबन्ध गर्नुपर्छ।

काठमाडौ ।बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन् ।

Workplace

रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

स्वास्थ्यविद् डा. सागर राजभण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ । बाढीपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता रोग देखिन सक्छन् । प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुनेलगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

समयमै उपचार नपाए हैजाजस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइ छ । लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य कीराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुघाखोकीलगायतका संक्रामक रोगसमेत छिटो फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।

सरसफाइ र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । त्यस्तै, राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।

बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँलगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डा। राजभण्डारीले सुझाव दिनुभएको छ । बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकमा बाढी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाइ तत्काल गर्न विज्ञको सुझाव छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीयस्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

महामारी फैलिन नदिन नागरिक आफैँ पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग सहयोग माग्न स्वास्थ्यविद्हरूले आग्रह गरेका छन् रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?