सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो, ३० वटा ढोका खोलियो

समाचार सारांश
Auto Generated by AI
  • सप्तकोशी नदीमा पानीको बहाव बढेर २ लाख २९ हजार ९६० क्यूसेक पुगेको छ।
  • ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएका छन् र खतराको रातो बत्ती बालिएको छ।
  • बालुवा थुप्रिएका कारण नदीले जुनसुकै बेला खतरा निम्त्याउन सक्ने जोखिम छ।

काठमाडौ – सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ। शुक्रबार दिउँसो १ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २९ हजार ९६० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।

Workplace

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।

- Advertisement -Workplace

आवश्यकता अनुसार पानीको बहाव अरू बढेमा भारतीय पक्षसँग समन्वय गरेर थप ढोका खुलिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कोशी ब्यारेजमा यति बेला खतराको संकेत रातो बत्ती समेत बालिएको छ। यहाँ पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

दुई लाख काट्ने बितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिदा खतरा हुने गर्छ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो।

त्यति बेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

एक पटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला विनाश लिला मच्चाउन सक्ने खतरा भने छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?