
- मंगलबार छापावाल सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ।
- मूल्य बढेसँगै मंगलबार सुन प्रतितोला दुई लाख पचहत्तर हजार रुपैयाँ पुगेको छ।
- यता, मंगलबार चाँदीको मूल्य भने तोलामा पैंतालीस रुपैयाँले घटेको छ।
काठमाडौ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार तोलामा २ हजार ३०० रुपैयाँ बढेर सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, आइतबार भने सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

सुनको मूल्य बढ्दा चाँदीको भाउ भने मंगलबार ओरालो लागेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको थियो भने आइतबार तोलामा १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो
