
मेष : दिन राम्रो छ । खर्च गर्न सचेत बन्नुपर्ने छ । शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ । साथीको सहयोग प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृष : तपाईंको बोलीको प्रभाव राम्रो छ । बोल्दा सचेत बन्नुपर्नेछ । सामाजिक कार्यक्षेत्रमा बोल्दा विशेष ख्याल गर्नुपर्नेछ । विदेशतर्फ आकर्षण बढ्नेछ । परदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : दिन सामान्य छ । साना कुराले मन अशान्त बन्नसक्छ । व्यापारमा सहकार्य गरेर अगाडि बढ्न सकिने छ । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ ।
कर्कट : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा फाइदा हुने योग छ । परिवारसँग काम गर्दा एक पटक सोच्नुपर्ने दिन छ ।
सिंह : चन्द्रमा तपाईंको राशिमा आइपुगेकाले दिन राम्रो बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण सफल बन्नेछ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । परिवारको तर्फबाट खुशी मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : सञ्चित धन खर्च हुनेछ । मन अशान्त बन्नसक्छ । हरेक काममा अवरोध हुनसक्ने खतरा छ । परिवारसँगको जिम्मेवारीको बोझले मन अशान्त बन्ने जोखिम छ । प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ ।
तुला : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ । राज्यका अंगमा तपाईंको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ । दक्षिणको लामो यत्रा नगर्नु उचित हुन्छ ।
वृश्चिक : दिन राम्रो छ । सप्तम भावमा उदयमान वृहस्पति रहेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । व्यावहारिक समस्याको समाधान हुनेछ । काम गर्ने समयमा हिम्मत गर्नुपर्नेछ । राज्यका अंगमा जिम्मेवारी भए बढुवा हुनेछ ।
धनु : स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । रोजगारीका क्षेत्रमा अवरोध हुने जोखिम छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ । हरेक काममा अवरोध सिर्जना हुनेछ । आफ्ना भनेर विश्वास गरेका मान्छेबाट धोका हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।
कुम्भ : दिन तनावपूर्ण बन्नेछ । साना कुराले मनमा झन्झट आइपर्नेछ । लग्न कुण्डलीमा शनि तेस्रो, छैटौं र ११ औं स्थानमा भए उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।
मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । व्यापारमा साझेदारी भएमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
