धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • ब्रेक फेल भएर जिप सडकबाट ५० मिटर तल खस्दा १० जना घाइते भएका छन्।
  • घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौं।धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

Workplace

छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमानेमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको जिप ब्रेक फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ बस्ने अन्दाजी ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली खटिई घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ।

दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको रघटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?